लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसदको आजका लागि बोलाइएको वैठक स्थगित भएको छ । नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रजातन्त्र प्राप्ती पछिका पहिलो सभामुख कृष्णप्रसाद भट्टराईकॊ निधन भएका कारण आजको वैठक सुचना टासेर स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । पुर्व सभामुखहरु तथा सभासदको निधनमा संसदको वैठकले शोक प्रस्ताव पारित गर्न वैठक बस्ने गरिएपनि उहाँको अन्त्येस्टी समेत नभएकाले आजको वैठक स्थगित गरिएको हो । सरकारले समेत ३ दिन सम्म राष्ट्रिय शोक र आज सार्वजनिक विदाको घोषणा गरेको छ । संसदको अर्को बैठक भोलीकालागी बोलाईएको छ ।
No comments:
Post a Comment