News

Oct 11, 2011

पान्थरको मिक्लुक्थुम् लुमाङदेनमा लिम्बुवान आमसभा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ लिम्बू
मिक्लुक्थुम्,पान्थर,२०६८ असोज २१,संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् लिम्बा गाउँ कार्य समिति मिक्लुक्थुम् लिम्बुवानको आयोजनामा २०६८ असोज २१ गते लुम्बाङ्देन गाउँ कार्य समितिका अध्यक्ष बिर्ख मादेनको अध्यक्षता र मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक'को प्रमुख आतिथ्यमा एक लिम्बुवानी क्षेत्रीय आभसभा सम्पन्न भयो । लिम्बुवानकै प्रसिद्ध र ऐतिहासिक पहाड मिक्लाजोङ डाँडाको नामबाट ऐतिहासिक नाम रहेको मिक्लुक्थुम्, जुन थुम् वा मिक्लाजोङ डाँडामा पान्थर, इलाम, मोरङ, धनकुटा जिल्लाहरूको सिमाना जोडिन्छ, त्यस थुम्अन्तर्गत रहेको लिम्बुवान लुमाङ्देनमा सबै राजनीतिक दलहरूलाई अरुणपूर्व नौ जिल्ला लिम्बुवानप्रति प्रतिवद्ध बनाउन गरिएको कार्यक्रममा सबै पार्टीका वक्ताहरूलाई पनि निम्तो गरी बोल्न दिइएको थियो । कार्यक्रममा रविन्द्र माखिम, लिम्बुवान मिक्लुक्थुम् सदस्यबाट स्वागत मन्तव्य गरिएका थियो भने नेपाली कांग्रेसका बेबिन्द्र माखिम; नेकपा एमालेका इन्द्र घिमिरे; ए. नेकपा माओवादी दुर्गा थेगिम र राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संगठन केन्द्रीय महासचिव वेद लावतीले शुभकामना मन्तव्यसहित लिम्बुवान र यस आन्दोलनप्रति आफ्नो धारणाहरू राख्नुभएको थियो ।
आमभसाका वक्ताहरू संघीय लिम्बुवान पत्रकार परिषद अध्यक्ष दिलकुमार लावती; संघीय विद्यार्थी युनियन लिम्बुवानका अध्यक्ष जेण्टल लावती; एल्. भी. सिनियर उप-कमाण्डर मुक्साम लाबुङलगायतले लिम्बुवाको ऐतिहासिक पृष्ठभूमि, आजको सर्न्दर्भमा लिम्बुवानको आवश्यकता र आन्दोलन तथा चुनौतीहरूबारे प्रकाश पार्दै सबै लिम्बुवानवासीहरूलाई अझ सशक्तताका साथ यस आन्दोलमा समाहित भई लाग्न आग्रह गरेका थिए । प्रमुख अतिथि मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' ले उक्त आमसभालाई सम्बोधन गर्नुहुँदै मार्क्सवादमार्फत जातीय समस्या समाधान भएको नदेखिएको र अब संघीयता, सह-अस्तित्व र समानुपातिकताले मात्र जातीय समस्या सम्बोधन गर्ने कुरा बताउनु भयो । वहाँले यस्तो विचारले आदिवासी जनजाति त के दलितहरूको पनि समस्या समाधान नहुँने बताउँदै "यदि दलितहरूलाई सम्मान गर्न सकिँदैन भने अपमान पनि नगरौं" भन्नु भयो ।
त्यसैगरी, अध्यक्ष लिङ्देनले दार्जिलिङको प्रसङ्ग जोड्दै दार्जिलिङ सन् १७७५ देखि १८१६ सम्म (४१ वर्ष) मात्र नेपाल (गोर्खा) अन्तर्गत रहेको तर त्यही ४१ वर्षको सम्झनालाई लिएर गोर्खाल्याण्ड भनी आन्दोलन चलाइरहेको बताउँनु भयो । वहाँले सो गोर्खाल्याण्डको आन्दोलनलाई भारत सरकारले एक प्रकारले सम्बोधन पनि गरिरहेको बताउँदै लिम्बुवान पनि चाडै सुनिश्चित हुने; नभए जसरी पनि स्थापित गरेरै छोड्ने दावीसमेत गर्नुभयो । अध्यक्ष "मिराक"ले सो गोर्खाल्याण्डको प्रसङ्ग जोड्दै ४१ वर्षको इतिहास त त्यति कडा हुन्छ भने छैटौं शताब्दीमा उदय भएको लिम्बुवानको इतिहास चौधसय वर्षपुरानो भएकोले लिम्बुवानको इतिहासलाई सम्मान गर्दै अरुणपूर्व नौ जिल्ला लिम्बुवान कायम गर्न लिम्बुवान क्षेत्रमा क्रियाशील सबै राजनीतिक पार्टीहरू एकसाथ क्रियाशील हुन आग्रह गर्नुभएको थियो । पान्थर जिल्ला सदस्य चन्द्र तुम्साद्वारा उद्घोषण गरिएको सो आमसभाको आयोजना र सञ्चालनमा लिम्बुवान मिक्लुक्थुम् अध्यक्ष नेलकन माखिम र केन्द्रीय सदस्य सुकबहादुर थेगिमको विशेष भूमिका रहेको थियो ।

No comments: