News

Oct 27, 2011

माओवादीलाई कांग्रेसका ५ सर्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १० - माओवादी र कांग्रेसबीच बुधबार भएको वार्तामा समायोजन हुने लडाकुको संख्या र पुनःस्थापना प्याकेज टुंगाउने गृहकार्य सुरु भएको छ । त्यसका निम्ति विभिन्न पाँचवटा विषयमा तत्काल निर्णय लिन कांग्रेसले माओवादीलाई आग्रह गरेको छ । कांग्रेस सभापति सुशील कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा बुधबार भएको छलफल सकारात्मक रहेको बताए । 'शान्ति प्रक्रियालाई टुंग्याएरै लैजानुपर्छ भन्नेमा उहाँहरू चिन्तित र गम्भीर हुनुहुन्छ,' बैठकपछि कान्तिपुरसँग उनले भने, 'तर कार्यरूपमा अझै आउन नसक्दा के हुने भन्ने शंका जीवितै छ ।'माओवादीसँग अन्य दलको अविश्वासलाई विश्वासमा बदल्न पाँचवटा विषयमा तत्काल निर्णय लिन आफूले बुधबारको बैठकमा दोहोर्‍याएको कोइरालाले बताए । उनका अनुसार ती पाँच विषयमा हतियार राज्यलाई बुझाउनुपर्ने, कब्जा सम्पत्ति फिर्ता गर्नुपर्ने, वाईसीएलको अर्धसैन्य संरचना खारेज गर्नुपर्ने, जनस्वयंसेवक दस्ता र क्रान्तिकारी जनपरिषद् विघटन गर्नुपर्ने छन् ।

No comments: