News

Oct 9, 2011

राष्ट्रिय प्रशिक्षण वैद्य पक्षद्वारा बहिष्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन २२ - माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षको विरोधबीच संस्थापन पक्षले असोज २९ गते राष्ट्रिय प्रशिक्षण कार्यक्रम तय गरेको छ । पार्टी निर्णयविपरीत कार्यक्रम तय गरेको भन्दै वैद्य पक्षले सहभागी नहुने घोषणा गरेको छ । केन्द्रीय समिति बैठक स्थगित गरी एकतर्फी रूपमा केन्द्रीय प्रशिक्षण तय गरेको भन्दै वैद्य पक्षले चर्को आपत्ति जनाएको हो । संस्थापन पक्षले भने पार्टीभित्र वैद्य पक्षले भ्रम सिर्जना गरेकाले लडाकु समायोजन, मधेसी मोर्चासँगको चारबुँदे सहमतिबारे स्पष्ट पार्न राष्ट्रि्र्रय प्रशिक्षण गर्न लागेको जनाएको छ । प्रवक्ता दीनानाथ शर्माले पार्टीको स्थानीय तहसम्म घोषित नीतिबारे भ्रम सिर्जना भएकाले प्रशिक्षण कार्यक्रम राखेको बताए । 'पार्टीको घोषित नीतिमा तल्लो तहसम्म भ्रम उत्पन्न भएको छ,' उनले भने, 'स्थायी, केन्द्रीय समितिले गरेका निर्णय स्पष्ट गर्न प्रशिक्षण कार्यक्रम राखिएको हो ।'वैद्य पक्षीय सचिव सीपी गजुरेलले भने प्रशिक्षण कार्यक्रम तय गर्नु आधिकारिक निर्णय नभएको बताए । 'यो कुनै पनि आधिकारिक कमिटीको निर्णय होइन,' उनले भने, 'हामी हावा कुराको भरमा सहभागी हुने कुरै भएन ।'

No comments: