News

Oct 8, 2011

आफगानिस्तानमा हवाई हमलामा २५ लडाकूको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काबुल, आश्विन २१ - अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा नेटो सेनाले गरेको कारबाहीका क्रममा परी कम्तीमा पनि २५ जना हतियारधारी लडाकूको मृत्यु भएको समाचार छ । सन् २००९ पछि गरिएको यस्ता आक्रमणका क्रममा भएको कारबहीमा यतिधेरै सैनिक एकैपटक मारिएको यो पहिलो पटक हो । शुक्रबार राती नै पाकिस्तानको सीमाक्षेत्र नजिकै अमेरिकी सैनिकको समन्वयमा सो आक्रमण गरिएको र यसका क्रममा दोहोरो भिडन्त पनि भएको समाचारमा जनाईएको छ । सन् २००१ मा अफगानिस्तानमा भएको अमेरिकी आगमनको दशौं वार्षिकी मनाइरहेको बेला पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा सैन्य गतिविधिहरुलाई तिब्र पारिएको समाचारका आधारमा सो हमला गरिएको थियो । आक्रमणका क्रममा सैनिकतर्फ भने कुनै क्षति पुगेको छैन । सो घटनास्थलबाट करिब ३०० मीटर टाढा गराएको एक कारबम हमलाका क्रममा एकजना सैनिक घाइते भएको नेटो सैन्य प्रवक्ताले जनाएका छन् । सो पाक्टिका क्षेत्रको गर्माइल, सारोबी र बारमालमा भएको हवाइ आक्रमणका क्रममा २५ जना हतियारधारी लडाकू मारिएको समाचारमा उल्लेख छ । तर मारिएको लडाकूको बारेमा थप हताहतीको पनि समाचार आउन सक्ने पनि सैन्य प्रवक्ताले जनाएका छन् । अफगानिस्तानको पूर्वी प्रान्त विषेशगरी अफगानिस्तानमा जारी हत्या हिंसाको एक प्रमुखस्थल हो ।

No comments: