News

Oct 22, 2011

भारतीय उद्योग बन्द भए नेपालले क्षतिपूर्ति दिने सम्झौता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतीय लगानीका उद्योग गैरव्यावसायीक कारणले बन्द भएमा नेपालले क्षतिपूर्ति दिनुपर्ने प्रावधानसहितको सम्झौउतामा नेपालले हस्ताक्षर गरेको छ। हस्ताक्षर भएका सम्झौतामा औद्योगिक लगानी प्रवद्र्धन तथा संरक्षण, कुष्ठरोग निवारण कार्यक्रम र सहुलियत दरमा ऋणसम्बन्धी रहेका छन् । औद्योगिक लगानी प्रवद्र्धनसम्बन्धी सम्झौतामा नेपालका तर्फबाट उद्योगमन्त्री अनिलकुमार झा र भारतका तर्फबाट वित्तमन्त्री प्रणव मुखर्जी, कुष्ठरोग निवारणसम्बन्धी सम्झौतामा नेपालबाट वाणिज्य सचिव पुरुषोत्तम ओझा र भारतका तर्फबाट परराष्ट्र सचिव तथा सहुलियत ऋणसम्बन्धी सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव लालशङ्कर घिमिरे र भारतका तर्फबाट एक्जिम बैंकका कार्यकारी निर्देशकले हस्ताक्षर गर्नुभयो ।
अर्थ मन्त्रालयका सचिव कृष्णहरि बाँस्कोटाका अनुसार सहुलियत ऋणसम्झौताअन्तर्गत अब २५० मिलियन अमेरिकी डलरको अर्थात् करिब रु १९ अरब रकम नेपाललाई उपलब्ध हुनेछ । द्विपक्षीय वार्ताका क्रममा द्रुत मार्ग विस्तार, दोहोरो कर र थप विद्युत् आयातका सम्बन्धमा पनि सम्झौता हुने भनिए पनि त्यसबारे केही जानकारी दिइएको छैन । वार्ताअघि अर्थमन्त्री वर्षमान पुनले दोहोरो कर प्रणालीको अन्त र लगानी सुरक्षाका विषयमा दुई बेग्लाबेग्लै सम्झौता हुने पत्रकारहरूलाई जानकारी दिनुभएको थियो ।

No comments: