News

Oct 7, 2011

११ हजार भोल्टको विद्युतीय तार चुडिएर करेन्ट लाग्दा दुईजनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाराको डुमरवाना गाविस-६ मा शुक्रबार बिहान ११ हजार भोल्टको विद्युतीय तार चुडिएर करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन । मृत्यु हुनेमा स्थानीय २९ वर्षिया जानुका खडका र २५ वर्षिया गोपी लामिछाने रहेको बारा प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका दुवैलाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्‍याइएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । करेन्ट लागेर घाइते भएका स्थानीय कृष्णबहादुर बल , कमला बल र ११ वर्षिय बालक गणेश चौधरीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

No comments: