News

Oct 7, 2011

नेपाली साहित्य प्रतिष्ठान हंगकंगको११ औं बार्षिकोत्सव हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली साहित्य प्रतिष्ठान हंगकंगले यहि आउँदो सन् २०११ अक्टोवर १६ तारीख आर्इतबार दिन फूलवारी रेस्टुरेण्ट जोर्डनमा ११औं बार्षिकोत्सव भब्यताका सम्पन्न गर्ने नेपाली साहित्य प्रतिष्ठान हंगकंगका अध्यक्ष टंक सम्वाहाम्फेले वताउँनु भएको छ । उनले हंगकंगमा नेपाली साहित्यको श्रीवृद्धिको लागि प्रतिष्ठानले निरन्तर ११ बर्ष देखि साहित्यिक कार्यक्रम हरेक वर्ष गर्दै आएको छ । हंगकंगमा निरन्तर साहित्य सेवा गरे बापत हंगकंग नेपाली महासंघव्दारा सन् २००८ मा नेपाली साहित्य प्रतिष्ठान हंगकंगलार्इ नेपाली प्रथम पदकले समेत सम्मानित गरी सकेकोछ । हंगकंगमा बसोवास गर्नुहुने सम्पूर्ण स्रष्टाहरुलार्इ र साहित्यप्रेमीहरुलार्इ विभिन्न पत्रपत्रिका तथा इमिडिया मार्फत सूचना जारी गरी निमन्त्रणा समेत गरी सकेको सदस्य देश सुब्बाले बताउँनु भएको छ । नेपाली साहित्य प्रतिष्ठान हंगकंग हंगकंगको पहिलो साहित्यिक र दर्ता भएको संस्था हो ।

No comments: