News

Oct 11, 2011

अन्तर्राष्ट्रिय कार्याशाला भोलिदेखि नेपालमा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चट्याङको सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय कार्याशाला भोलिदेखि नेपालमा सुरु हुदैछ । चट्याङबाट हुने जनधनको क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भत्रे उद्देश्यले आयोजना गरिन लागेको तीनदिने सो कार्यशालामा नेपालसहित सार्क मुलुक र अफ्रिका, अमेरिकालगायतका १७ मुलुकका ७० जना सम्बन्धित विज्ञको सहभागिता रहनेछ । विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), विज्ञान तथा प्रविधि केन्द्र (नाम) न्यू दिल्ली, फिजिक्स केन्द्रीय विभाग र रेहडन कलेजको संयुक्त तत्वावधानमा सो कार्यलाशा आयोजना हुन लागेको हो । नास्टका वरिष्ठ प्राविधिक अधिकृत डा. सुरेशकुमार ढुङ्गेलका अनुसार नेपालमा बर्सेनि ५० जनाको चट्याङका कारण मृत्यु हुने गरेको र लाखौँको भौतिक संरचना क्षति हुने गरेको छ ।

No comments: