News

Oct 25, 2011

गद्दाफीको शव अज्ञात स्थलमा गाडियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिपोली (लिबिया), कार्तिक ८ - लिबियाका पूर्व शासक माअमर गद्दाफीको शव एक मरुभूमिमा अज्ञातस्थलमा गाडिएको समाचार छ । मङ्गलबार बिहानै उनको शवलाई मरुभूमिको एक अज्ञात स्थलमा गाडिएको समाचार अल जाजिरा टेलिभिजनले प्रशारण गरेको छ । सो टिभीले लिबियाको सङ्क्रमणकालीन परिषदका एकजना अधिकारीलाई उधृत गरी दिएको समाचार अनुसार सो गाडिएको स्थानका बारेमा त्यहाँका अधिकारीहरूले केही बताएका छैनन् । साथै गद्दाफीका छोराको शवपनि उनीसँगै गाडिएको हो वा उनको अन्त्येष्टि गरिएको छैन भन्ने बारेमा पनि सो समाचारमा केही बताइएको छैन । पश्चिमी लिबियाली सहर मिसार्तामा उनको शबलाई निकै विगत पाँच दिनदेखि सार्वजनिक रुपमै देखिनसक्ने गरी राखिएको थियो ।
मासु चिस्याउने एक चिस्यानमा उनीसहित उनका छोरा मुतासिमलाई पनि राखिएको थियो । अज सोही स्थानबाट लगी उनको अन्त्येष्टि गरिएको समाचारमा उल्लेख छ । हिजो रोयटर्स समाचार समितिले उनको शवलाई राखिएको स्थनको समाचार दिएको थियो । सो समाचारमा उनको शवप्रति त्यहाँको सङ्क्रमणकालीन परिषद्का लडाकुहरूले पहारा दिइरहेको र उनको शवप्रति त्यति चासो नदेखाइएको पनि समाचारमा उल्लेख गरेको थियो ।
आज उनको अन्त्येष्टि गरिएको स्थानका बारेमा कैयौं समाचार एजेन्सीहरूले जिज्ञासा राखिरहेको भएपनि सो स्थानका बारेमा भने सरकारले केही बताउन चाहेको छैन । गद्दाफीका आफन्त एवम् परिवारले उनको शव मागेका थिए । मुस्लिम परम्परा अनुरुप जतिसक्यो चाँडो अन्त्येष्टि गर्ने भन्दै उनका परिवारले शव मागेका समाचारहरू यसअघि आएका थिए । तर त्यहाँको अन्तरिम सरकारले भने उनको शवलाई उनका आफन्तको जिम्मा लगाउन मानेन । उसले परिवारलाई शव दिन नमानेर आज आफै मरुभूमिको एक अज्ञात स्थलमा गाडेको समाचार सो टिभीले दिएको छ । यसका साथै उनीहरूले गद्दाफीको हत्याको बारेमा पनि छानविनको माग गरेका थिए । उनको हत्याको छानबीनको माग उनलेमात्र नभई विश्व समुदायले पनि गरेका थिए ।
लिवियाको अन्तरिम सरकारका प्रमुख मुस्ताफा अब्देल जलिलले सोमबार मात्र पनि विश्व समुदायको सो अनुरोधमा अन्तरिम सरकारले एक समितिको गठन गरी उनको हत्याको छानविन गर्ने आश्वासन दिएका थिए । जलिलले गद्दाफीका सहयोगीहरूले नै उनको हत्याका लागि सघाउ पुर्‍याएको बताउँदै आएका छन् । तरपनि ती आफन्त को हुन र किन उनको हत्या नै खोजेका थिए भन्नेबारेमा भने उनले केहीपनि बताएका छैनन् । लिबियामा करिब ४२ वर्षसम्म शासन गरेका पूर्व शासक गद्दाफी गत बिहीबार त्यहाँको अन्तरिम सरकारका सेनाद्वारा नै मारिएका थिए । उनलाई पहिल्यै मारिएको थियो वा नियन्त्रणमा लिएपछि मारियो भन्नेबारेमा भने विभिन्न तर्कहरू बाहिर आएका छन् ।

No comments: