News

Oct 8, 2011

माओवादीको कार्यकर्ता प्रशिक्षण भेला असोज २९ गते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २१- माओवादीको कार्यकर्ता प्रशिक्षण भेला असोज २९ गते हुने भएको छ। यो कार्यक्रम राजधानीमा आयोजना हुने जानकारी माओवादी प्रवक्ता दीनानाथ शर्माले दिएका छन्। पार्टीभित्र नै दुई खेमाबीच गम्भीर विवाद देखिएपछि यसबारे प्रष्ट पार्न कार्यकर्ता भेला डाकिएको हो। वरिष्ठ उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले नेतृत्व गरेको समूहले पार्टीको संस्थापन पक्षले पार्टी लाइन र निर्णयविपरित अघि बढेको आरोप लगाउँदै सडक सङ्घर्षसमेत थालेको छ। उता संस्थापन पक्ष भने वैद्य पक्षले पार्टी निर्णय उल्लङ्घन गरेको भन्दै उसलाई कारबाही गर्नुपर्ने धारणा राख्दै आएको छ। यही विवादबीच धेरै पटक मितिसमेत निर्धारित भइसकेको केन्द्रीय समिति बैठक पनि सर्दै आएको छ।

No comments: