News

Oct 15, 2011

माओवादीमाथि पनि प्रश्‍न उठाउन थालेको माओवादी मन्त्रीकै भनाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २८,संस्कृति मन्त्री गोपाल किराँतीले शान्ति र संविधान जनतालाई दिन नसक्दा अन्य दलसँगै नेपाली जनताले माओवादीमाथि पनि प्रश्न गर्दै औल्याउन थालेको बताएका छन्। किराँतीले शान्ति र संविधानका लागि दलहरु मिल्नुको विकल्प नभएको भन्दै अन्यथा जनताले दलहरुलाई धिक्कार्ने चेतावनी पनि दिए। खोटाङ तारा कार्यक्रमको आयोजना गर्नेबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री किराँतीले भने– दल, सभासद, मन्त्री सबैलाई जनताले धिक्कार्नेछन्। उनले पछिल्लो समयमा विवादमा परेका रक्षा मन्त्री र भूमि सुधार मन्त्रीको सम्बन्धमा प्रतिपक्षीको कामै विरोध गर्ने भएकाले यसमा खासै महत्व दिन नहुने बताए पनि प्रधान मन्त्रीले यस विषयको निकास निकाल्ने विश्वास व्यक्त गरे। मन्त्री किराँतीले नेपालको कला संस्कृतिलाई विश्वव्यापी चिनारी गराउन चीनका नायक ज्याकी च्याङ, भारतीय कलाकार रेखा, शाहरुख खानलाई नेपाल घुमाउने योजना मन्त्रालयले गरिरहेकोसमेत सो अवसरमा जानकारी दिए।

No comments: