News

Oct 15, 2011

मन्त्रीको राजीनामाबारे प्रधानमन्त्रीले कदम चाल्ने सल्लाहकारको भनाइ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन २८ - प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले विवादित दुई मन्त्रीको राजीनामाबारे प्रतिपक्षीले उठाएको मागमा प्रधानमन्त्रीले सहमतिमै आवश्यक कदम चाल्ने जानकारी दिएका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा माओवादी पोलिट्ब्युरो सदस्यसमेत रहेका पौडेलले रक्षामन्त्री शरतसिंह भण्डारी र भूमिसुधार मन्त्री प्रभु साहको राजीनामाको मागबारे छलफल भइरहेको बताए । अर्को प्रसंगमा पौडेलले राजनीतिक दलहरुले आ-आफ्नो पोजिसन छाडे सेना समायोजनको विवाद तत्काल सुल्झिने दावी गरे । उनले माओवादी शान्ति र संविधानमा लचक भएको भन्दै अन्य दलहरुलाई पनि त्यतिकै लचक हुन आग्रह गरे । कार्यक्रममा कांग्रेसका नेता अर्जुननरसिह केसीले नेपाली सेनाको मापदण्ड पुरा गरेर समायोजन गर्नेमा सहमति भए कांग्रेस लडाकुको संख्यामा लचक हुन तयार रहेको बताए । नेता केसीले लडाकुको सामूहिक समायोजन काग्रेसको लागि स्वीकार्य हुनै नसक्ने भन्दै लडाकु पुर्नस्थापनाको प्याकेजमा कांग्रेसले कन्जुस नगर्ने स्पष्ट पारे ।

No comments: