News

Oct 20, 2011

लिबियाका अपदस्थ शासक गद्दाफी मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिबियाका सत्ताच्युत शासक कर्नेल मुआम्मार गद्दाफी मारिएका छन् । गद्दाफीलाई त्यहाँको अन्तरिम प्रशासनले गरेको कारबाहीमा मारिएको जनाएको छ । लामो समयदेखि भूमिगत गद्दाफी आज गृहनगर सिर्टेमा दुई खुट्टामा गोलि लागेको अवस्थामा पक्राउ परेको समाचार आएको केही समयपछि नै उनी मारिएको समाचारहरु सार्वजनिक भएका हुन् । राष्ट्रिय संक्रमणकालीन परिषद (एनटीसी)का अधिकारीलाई उदृत गर्दै अल जजिराले उनी मारिएको दाबी गरेको छ । सीएनएनले पनि गद्दाफी मारिएको जनाउँदै उनको सरकारका रक्षामन्त्री अबु बक्र युनिस पनि मारिएको र प्रवक्ता मौसा इब्राहिम समातिएको उल्लेख गरेको छ ।
४२ वर्षदेखि सत्तामा रहेका कर्णेल गद्दाफीलाई अन्तर्राष्ट्रिय अपराध अदालतले गिरफ्तारी माग गरेको थियो । सत्तामा आउँदा उनको उमेर २७ वर्षको थियो । अरब र अफ्रिकन देशहरुमा राम्रै प्रभाव पार्ने गद्दाफी संबैधानिक रुपमा लिवियाको प्रधानमन्त्री राजा र राष्ट्रपति केही थिएनन् । तर उनी कुनै बेला आफूलाई राजाहरुको राजा भन्न पनि पछि पर्दैनथे । साम्यवाद र पुँजीवादलाई समायोजन गरेर आफ्नो छुट्टै दर्शन बनाएका गद्दाफीले २ बर्षअघि अरक देशहरुको सम्मेलनमा संबोधन गर्दै आफू अन्तर्राष्ट्रिय नेता अफ्रिकाका राजाहरुको राजा र मुस्लिमहरुको इमाम रहेको घोषणा गरेका थिए । गद्दाफीको सरकारमा कानुन मन्त्री रहीसकेका मुस्तफा मोहमद अब्दुल जलिलको नेतृत्वमा रहेको ३१ सदस्यीय अन्तरिम संक्रमणकालिन राष्ट्रिय परिषदले आन्दोलनको नेतृत्व गरेको थियो । सुरुमा बेनगाँजी शहरलाई आन्दोलनको केन्द्रबिन्दु बनाएका विद्रोहीहरु माथि गद्दाफीले हवाई आक्रमण सुरु गरेपछि पश्चिमा मुलुकले लिवियाली नागरिकको सुरक्षाका लागि भन्दै ५ महिनाअघि लिवियामा आक्रमण थालेका हुन् ।

No comments: