News

Oct 8, 2011

अन्तर्राष्ट्रिय पर्वतारोहण सम्मेलन काठमाडौंमा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अन्तर्राष्ट्रिय पर्वतारोहण सम्मेलन काठमाडौंमा सुरु भएको छ । अन्तर्राष्ट्रिय पर्वतारोहण महासङ्घ युआइएएको हिजोदेखि सुरु भएको चारदिने सम्मेलनमा प्रसिद्ध पर्वतारोहीहरु र पर्वतीय पर्यटनको विकासका विषयमा छलफल हुनेछ । चारदिने सो सम्मेलनमा नेपाल जापान पाकिस्तान अमेरिका बेलायत अर्जेन्टिनालगायत २० देशका प्रसिद्ध पर्वतारोही र विशेषज्ञहरुको सहभागिता रहेको छ । यस सम्मेलनबाट हिमाली शृङ्खलाको वातावरणीय सन्तुलन र पर्वतीय पर्यटनका लागि काठमाडौं घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ ।

No comments: