News

Oct 29, 2011

घूस लिने कर्मचारीलाई कडा कारबाही गर्न प्रधान मन्त्रीको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १२- अमेरिका जान लागेकी महिलासँग घूस खाने कर्मचारीलाई तत्काल कडा कारबाही गर्न प्रधान मन्त्रीले गृह सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवलाई निर्देशन दिएका छन्। पासपोर्ट र नागरिकता देखाउँदा-देखाउँदै पनि यति प्रमाणले नेपाली भन्ने प्रमाणित हुँदैन भन्दै उनीसँग घूस मागिएको थियो। अमेरिका जाने लागेकी डिचेन डोल्मा शेर्पासँग १ लाख १० हजार घूस लिइएको थियो। बुधबार नेपाल आदिवासी जनजाति महासङ्घ, नेपाल शेर्पा सङ्घ, नेपाल शेर्पा महिला सङ्घ र शेर्पावर्ल्डडटकमले आयोजना गरेको पत्रकार सम्मेलनमा घूस खाने कर्मचारीको नाम, फोटो र घूस लिँदै गरेको बेलाको भिडियो पनि सार्वजनिक गरिएको थियो। घूस लिएको आरोप लागेका कर्मचारी पूर्णबहादुर बस्नेत निलम्बनमा परिसकेका छन्। घटनाबारे छानबिन गर्न समिति पनि बनेको छ।

No comments: