News

Oct 9, 2011

भ्रमण रोक्न भुमिका खेलेको भन्दै दलाईद्वारा चीनको आलोचना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तिब्बती धार्मिक नेता दलाई लामाले आफ्नो दक्षिण अफ्रिका भ्रमण रोक्न भुमिका खेलेको भन्दै चीनको ब्यापक आलोचना गर्नुभएको छ । दक्षिण अफ्रिकाको भिडियो लिंकमार्फत सन्देश दिँदै दलाई लामाले चिनियाँ अधिकारीहरुले आफूलाई दैत्यको संज्ञा दिएकोमा खेद व्यक्त गर्नुभएको छ। दक्षिण अफ्रिकाका पादरी डेसंड टुटुको ८० औं जन्मोत्सवमा सहभागी हुन दलाई लामा दक्षिण अफ्रिका जाने कार्यक्रम रहेकोमा अफ्रिकी सरकारले उहाँलाई भिसा दिन ढिलाई गरेको कारण भ्रमण रद्द भएको थियो । चीनको दवावका कारण अफ्रिकी सरकारले लामालाई भिसा दिन ढिलाई गरेको बताईए पनि दक्षिण अफ्रिकाले भने चीनको दवाव आएको भन्ने समाचारको खण्डन गरेको छ ।

No comments: