News

Oct 12, 2011

गैरआवासीय नेपालीको पाँचौं सम्मेलन आजदेखि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २५ - गैरआवासीय नेपाली संघको पाँचौं विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। विश्वभरि ५७ मुलुकमा छरिएरका नेपाली सम्मेलनमा सहभागी हुने छन्। यसका लागि धेरै जसो एनआरएन दसैंअघि नै नेपाल आइसकेका थिए। यो सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ। वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। एनआरएनको अभियान विगतमा भन्दा कमजोर मानिएको अवस्थामा यो सम्मेलन हुँदैछ। कुरा गर्ने काम नगर्ने समूहमा एनआरएन पनि थपिएको आरोप स्वदेशी उद्योगी-व्यापारीले लगाउन थालिसकेका छन्। कुरा धेरै भए काम भएन, गैरआवासीय नेपाली (एनआरएन)अभियानबारे नेपालमा धेरैले गर्ने चर्चा हो यो। अभियानको सहयात्री नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले पनि यसैलाई संकेत गर्दै दुई दिनअघि एनआरएनकै पत्रकार सम्मेलनमा भने, 'कुन क्षेत्रमा लगानी गर्ने हो ठोस निर्णय र स्पष्ट भएर आउनुपर्‍यो कुरा मात्र गरेर अब हुँदैन। लगानी गर्न समस्या कहाँ छन् भनांै सरकारसँग बसेर कुरा गरी हटाउन सकिन्छ।'एनआरएन पहिलो सम्मेलनलगत्तै सामूहिक लगानी कोष बनाएर नेपालमा लगानी गर्ने घोषणा गरियो। यो कोष अहिलेसम्म बन्न सकेन्। विदेशी लगानी थोरै आएको हुँदा सरकार र नेपालको मुख्य चाहना एनआरएनको पैसा आओस् भन्ने थियो। एनआरएनले भने दोहोरो नागरिकताको मुद्दालाई मुख्य रुपमा उठाए। पाँचौ सम्मेलनसम्म आइपुग्दा यी दुवै मुद्दा जहाँको तहीँ छन्।

No comments: