News

Oct 19, 2011

सैनिक विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक २,बाग्लुङमा मंगलबार राति भएको सैनिक विमान दुर्घटनाबारे छानबिन गर्न सेनाले सात सदस्यीय छानबिन समिति गठन गरेको छ। पाइलट सहायक रथी सुधिर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय छानबिन समिति गठन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले आज विज्ञप्तिमार्फत् जानकारी गराएको छ। नेपालगञ्जबाट बिरामी लिई काठमाडौँतर्फ आउने क्रममा बाग्लुङ जिल्लाको बोबाङ्ग, फागुनेधुरी लेकमा मंगलबार राति नेपाली सेनाको आर.ए.एन.४९ आइलेण्डर विमान दुर्घटना भएको थियो। विमानमा सवार सबै छ जनाको शव आज बिहान फेला परेको छ। नेपालगन्जबाट उडेपछि दाङ, पाल्पाको थारा, प्युठान, नारायणी (भरतपुर) हुँदै काठमाडौं प्रवेश गर्ने उडान रुट रहेकोमा रुटमै नपर्ने बाग्लुङतिर जहाज किन गयो, बुझ्न सकिएको छैन। जहाज कुन उचाइमा उडिरहेको थियो, कति गतिमा थियो, वा कम उचाइमा जाँदा पहाडमा ठोक्किएको हो वा अरू केही हो समेत थाहा हुन सकेको छैन।

No comments: