News

Oct 11, 2011

अर्थशास्त्रको नोबेल दुई अमेरिकीलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क आश्विन २४ - दुई अमेरिकी नागरिकले यस वर्ष अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका छन् । थोमस सारग्रेन्ट र क्रिस्टोफर सिम्सले संयुक्तरूपमा उक्त पुरस्कार पाउने घोषणा गरिएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले उनीहरूले लघुवित्त सँगै बृहत् अर्थतन्त्र र मुद्रास्फीतिको प्रभावबारे गरेको अध्ययनका कारण उक्त पुरस्कार दिइएको जनाएको छ । उनीहरूले कुल गार्हस्थ उत्पादन, मुद्रास्फीति लगायतमा कसरी आर्थिक नीतिले असर गर्छ भनी अध्ययन गरेका थिए । अल्र्फड नोबलको सम्झनामा बर्सेनि यो पुरस्कार दिँदै आइएको छ । सबैभन्दा बढी पाँच क्षेत्रमा दिइने नोबेल पुरस्कार प्रख्यात छ । ६८ वर्षका थोमस न्युयोर्क युनिभर्सिटीमा प्राध्यापक छन् । अर्का विजेता क्रिस्टोफर पि्रन्सटन पनि विश्वविद्यालयमा प्राध्यापन गर्ने ६८ वर्षे अमेरिकी नागरिक हुन् ।

No comments: