News

Oct 12, 2011

राष्ट्रपति यादवले आज कतारका नेपालीहरुसँग छलफल गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चार दिने कतार भ्रमणमा रहनुभएका राष्ट्रपति डा. रामवरण यादवले आज कतारको रास लाफन औद्योगिक क्षेत्र र इस्लामिक कला सङग्रहालयको अवलोकन गर्नु हुने कार्यक्रम छ । यसैगरी राष्ट्रपति आज त्यहाँ रहेका नेपाली कामदारहरुसँग छलफल गर्नुहुने छ । राष्ट्रपतिले त्यहाँ रहेका नेपाली कामदारहरुको अवस्था उनीहरुको समस्यालगायतका विषयमा चासो राख्नुहुनेछ । यसअघि राष्ट्रपति यादवले हिजो त्यहाँका अमिर शेख बीन खलिफा अलथानीसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । उच्चस्तरीय भेटवार्तापछि नेपाल र कतारबीच कानुनसम्बन्धी सम्झौता र पर्यटन सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसैगरी राष्ट्रपति यादवको आग्रहमा कतारका अमिरले नेपालमा आफ्नो देशको दुतावास खोल्न निर्देशन दिनुभएको छ । नेपालले भने झन्डै १० वर्ष अघि नै कतारमा दुताबास खोलिसकेको छ । चार दिने भ्रमण पूरा गरी राष्ट्रपति भोलि स्वदेश फकनुहुने कार्यक्रम छ । उहाँ १५ सदस्यीय टोलीको नेतृत्व गर्दै अस्ति दोहा पुग्नुभएको थियो

No comments: