News

Oct 11, 2011

नेपाल आर्मीका ध्रुवप्रसाद अर्यालले नेपालका लागि पहिलो स्वर्ण पदक दिलाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रीलंकाको हम्बन्टोटामा जारी प्रथम दक्षिण एशीयाली बिच गेम्समा नेपाल आर्मीका ध्रुवप्रसाद अर्यालले नेपालका लागि पहिलो स्वर्ण पदक दिलाएका छन् । उनले रिङ एन्ड पेकिङमा सर्वाधिक २९ दशमलब ५ अंक ल्याई स्वर्ण पदक दिलाएका हुन् । अर्यालले नेपाल, भारत र श्रीलंकाका गरी ११ खेलाडीलाई पछाडि पारेका थिए । उनले यसअघि आईतबार बिहान नेपालका लागि कास्य पदक जितेका थिए ।

No comments: