News

Oct 29, 2011

नक्कली भ्याट बिलको अनुसन्धान तीब्र पारिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १२- आन्तरिक राजस्व विभागले नक्कली भ्याट विल प्रयोग गरी राजस्व छल्ने कम्पनीको अनुसन्धानलाई तीव्रता दिने भएको छ। दसैँ-तिहार सकिएलगत्तै विभागले अनुसन्धानको क्रममा रहेका १५३ कम्पनीको अनुसन्धानलाई तीव्रता दिने भएको हो। विभागले गत आर्थिक वर्ष नक्कली भ्याट विल प्रयोग गरेको आशङकामा ५ सय १८ कम्पनीमाथि अनुसन्धान गरेको थियो। विभागका अनुसार ३६५ कम्पनीको अनुसन्धान कार्य सकिएको छ भने उक्त अनुसन्धानबाट रु तीन अर्ब ४५ करोड असुली गरिएको थियो।
तीन सय ६५ कम्पनीको अनुसन्धान विभाग र कर कार्यालयहरूले गरिरहेका थिए भने बाँकी रहेका १५३ कम्पनीको अनुसन्धान ठूला करदाता कार्यालयले गरिरहेको छ। आन्तरिक राजस्व विभागका उपमहानिर्देशक लक्ष्मण अर्यालले ठूला करदाताले अनुसन्धान गरेको १५३ वटा बाहेक अरू कम्पनीको प्राविधिकरूपमा केही काम बाँकी रहेको जानकारी दिए। ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक सुरेश प्रधानले लगातार नक्कली भ्याट विलको अनुसन्धान भइरहेको जानकारी दिए। उनले ४८ वटा कम्पनीको अनुसन्धान सकिएको र अनुसन्धान रहेका फाइलहरूको सूक्ष्म अध्ययन गर्नुपर्ने भएकाले पुस मसान्तसम्म सबै अनुसन्धान सकिने जानकारी दिए।

No comments: