News

Oct 6, 2011

मञ्च सम्वद्ध संलिराप हङकङको आइल्याण्ड कार्य समिति पुनर्गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/बिष्णु इङ्नाम
४ अक्टोबर २०११,संघीय गणतान्त्रिक नेपालको अव वन्ने संघीय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एउटा आत्मानिर्णय अधिकार सहितको विशिष्ट स्वायत्त राज्य हुनु पर्दछ र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको संखुवा -अरुण - सप्तकोशी नदीहरु पूर्वको नौंवटा जिल्लाहरु सहितको हुनु पर्छ भन्दै संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समिति अर्न्तर्गत (मातहत) को हङकङ आइल्याण्ड क्षेत्रिय इलाका कार्य समितिको पुनर्गठन गरिएको छ । सोही दिन हङकङ आइल्याण्ड स्थित वान्चाईमा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ आइल्याण्ड क्षेत्रिय इलाका कार्य समिति को एक कार्यक्रम गरी श्री कुमारहाङ हुक्पाचोङ्बाङ्गको अध्यक्षतामा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङ अन्तर्गत (मातहत) को हङकङ आइल्याण्ड क्षेत्रिय इलाका कार्य समितिको पुनर्गठन गरेको छ । उक्त भेलामा प्रमूख अतिथी मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङका अध्यक्ष तथा मञ्च सम्बद्ध संलिराप लिम्बुवान, नेपालको केन्द्रिय सदस्य श्री नबराज काम्बाङ्ग हुनुहुन्थ्यो भने अर्का अतिथि परिषदकै प्रवास कार्य समिति हङकङका उपाध्यक्ष तथा लिम्बुवान, नेपालको केन्द्रिय पार्षद सदस्य श्री बिष्णु इङ्नाम हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद हङकङ आइल्याण्ड क्षेत्रिय इलाका कार्य समितिका निवर्तमान सचिब उर्मिला बेघावाट भएको थियो । उक्त भेलाले तल दिए वमोजिमका व्यक्तिहरुलाई समितिको पदाधिकारीहरुमा संशोधन सहित र्सव-सम्मत चुनेको छ ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद,हङकङ आइल्याण्ड क्षेत्रिय कार्य समिति, हङकङ
१. अध्यक्ष कुमारहाङ् हुक्पाचोङबाङ्ग
२. उपाध्यक्ष डम्बर कुमार काम्बाङ्ग
३. सचिब अशोक माबो
४. महिला सचिव उर्मिला बेघा
५. अर्थ - सचिव मोहन केदेम
६. संगठन सचिब बम बहादुर काम्बाङ्ग
७. सदस्य डम्बर चोङ्वाङ लिम्बु
८. सदस्य हेम येङ्देन
९. सदस्य योगेन्द्र पन्धाक
१०.सदस्य वाली केरुङ
११.सदस्य नविन पन्धाक
१२.सदस्य हिमाल केदेम
१३. सल्लाहकार सुरेन्द्र योङ्हाङ
१४. सल्लाहकार कुल बहादुर एभेङ
१५. सल्लाहकार कुलमान तामाङ
१६. सल्लाहकार मनि कुमार मेन्याङ्बो
१७. सल्लाहकार कुमार हाङ्स्रोङ्बा
सो भेलामा अन्य पार्टी परित्याग गरी मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषदमा नव प्रवेश गर्नु हुने श्री मनि कुमार मेन्याङ्बो, वाली केरुङहरुलाई प्रमूख अतिथीद्धारा स्वागत गरी लिम्बुवानको सदस्यता प्रदान गर्नु भएको थियो ।पुनर्गठित मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद हङकङ आइल्याण्ड क्षेत्रिय इलाका कार्य समितिले संगठन बिस्तारलाई ब्यापक रुपमा पहल गर्ने प्रतिबद्धता सहित श्री कुमारहाङ हुक्पाचोङवाङको अध्यक्षतामा कार्यक्रम समापन गरिएको थियो ।

No comments: