News

Oct 18, 2011

रक्षामन्त्रीलाई राज्यविरुद्धको अपराधमा मुद्धा चलाउन माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १ - एमाले सभासद् अग्नि खरेलले रक्षामन्त्री शरतसिंह भण्डारीलाई राज्यविरुद्धको अपराधमा मुद्धा चलाउन माग गरेका छन् । मंगलबार संसद्को विशेष समयमा सभासद् खरेलले राष्ट्रिय एकतामा खलल पुर्‍याउने अभिव्यक्ति दिने रक्षामन्त्रीलाई संविधान र प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरे । कांग्रेसका शोभाकर पराजुलीले पनि रक्षामन्त्रीको भनाइ अत्यन्तै गैरजिम्मेवार भएको भन्दै उनको भनाई तराई मधेसका जनताको भावनाविपरीत भएको बताए । विपक्षी सभासद्हरुले रक्षामन्त्रीको राजीनामा र हत्या आरोप लागेका पूर्वमन्त्री प्रभु साहका विषयमा प्रधानमन्त्रीले संसद्लाई जानकारीसमेत नदिएर संसद्को अपमान गरेको आरोप लगाए । कांग्रेस प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे, सभासद्द्वय खरेल र पराजुलीले मुलुकभित्र चर्किएको समस्यालाई ख्याल नगरी प्रधानमन्त्री भारत भ्रमणमा जान लागेको भन्दै आपत्ति जनाए । राजीनामा माग गर्दै कांग्रेस, एमालेलगायत विपक्षी सभासद्ले सोमबार पनि संसद् चल्न दिएनन् । बैठक कार्यसूचिमै प्रवेश नगरी बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

No comments: