News

Oct 18, 2011

पपुवा न्युगिनीमा ६.३ म्याग्निच्युडको भूकम्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिड्नी, कात्तिक १ पपुवा न्युगिनीको दुर्गम न्यु ब्रिटेन क्षेत्रमा आज ६.३ म्याग्निच्युडको भूकम्प गएको तर यसले सुनामी भने नआउने अस्ट्रेलियाली भूगर्भविद्‍हरुले बताएका छन्। अमेरिकी भूगर्भ सर्भेले राजधानी पोर्ट मोर्सबाइभन्दा ५ सय ७६ किलोमिटर टाढा र न्युब्रिटेनको कान्द्रियानबाट १ सय किलोमिटर पूर्व-उत्तरपूर्वमा जमिनभन्दा १० किलोमिटरमुनि केन्द्रबिन्दू रहेर भूइँचालो गएको बताएको छ। जियोसाइन्स अस्ट्रेलियाले ६.३ म्याग्निच्युडको भूकम्प समुद्र तटनजिकै गएको बताएको छ। भूगर्भविद् डेभिड जेप्सनले त्यस क्षेत्रका बासिन्दाले ठूलो कम्पन महसूस गरेको बताएका छन्। जेप्सेनले न्यु ब्रिटेन क्षेत्र भूकम्प जोखिम क्षेत्रमा पर्ने भएकोले यति म्याग्निच्युडको भूकम्प सामान्य रहेको बताएका छन्।

No comments: