News

Oct 21, 2011

गद्दाफीको हत्याको विरोधमा नेपालमा प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिबियाका सत्ताच्युत शासक कर्नेल मुआम्मार गद्दाफीको हत्याको विरोधमा नेपालमा प्रदर्शन भएको छ । म्राज्यवादीहरुले लिबियाको तेल कब्जा गर्न गद्दाफीको हत्या गरेको भन्दै नेपालमा त्यसको विरोध भएको हो । नेपाल मजुदर किसान पार्टीका नेता तथा कार्यकर्ताले हत्याको विरोधमा आज विरोध र्याली निकालेका हुन् । नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघको संयुक्त विरोध जुलुस राजधानीमा निकालिएको हो । संघले आज देशभर विरोध कार्यक्रम गर्ने जनाएको छ । राजधानीमा निकालिएको विरोध र्यालीपछि कोणसभामा बोल्दै नेक्रावि संघका अध्यक्ष रविन्द्र ज्याख्वले साम्राज्यवादीहरुले लिबियाको तेल खानी कब्जा गर्न गद्दाफीको हत्या गरिएको र लिबियाली जनताको सार्वभौमिकतामाथिको आक्रमण भएको उल्लेख गर्दै नेपालमा पनि साम्राज्यवादीहरुले हरेक बहानामा प्राकृतिक स्रोत र साधनमाथि कब्जा जमाउन आक्रमण गर्न सक्ने भन्दै सबै एक भएर प्रतिकार गर्नुपर्ने बताए । कोणसभामा बोल्ने अन्य वक्ताहरुले साम्राज्यवादीदेखि सबै चलाख नभए हामीले पनि त्यस्तै नियति भोग्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।

No comments: