News

Oct 19, 2011

पोखरामा प्रचण्डको गोप्य भेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड पोखरामा आफु पक्षिय नेता तथा कार्यकर्ताको भेला गरी काठमाण्डू फर्किनुभएको छ । जिल्ला स्तरिय खेलकुद महोत्सबको उद्घाटनको अबसरमा हिजो पाखरा आउनुभएका प्रचण्डले पार्टी निर्णय बिपरित गुठगत भेला र प्रशिक्षण गरेको भन्दै बैद्य पक्षिय कार्यकर्ताले बहिस्कार गरेका छन् । प्रचण्डले हिजो साझ पोखराको पृथ्बीचोकमा रहेको वाईसिएल क्याम्पमा तमुमान राज्य समितिका ८ जिल्लाका आफु पक्षिय राज्य समिति सदस्यहरुसंग गोप्य छलफल गर्नुभएको थियो । बैद्य पक्षिय कार्यकर्ताको बाहुल्यता रहेको क्याम्पमा प्रचण्डले भेला राखेपछि बैद्य पक्षिय सबै कार्यकर्ता भने बाहिरै बसेका थिए । क्याम्पमा अध्यक्ष प्रचण्ड पक्षले करिब ४ महिनादेखि आर्थिक नाकाबन्दी लगाएको थियो । त्यस्तै आज बिहान पनि आफु पक्षिय जिल्ला सदस्यहरुसंग छलफल भएको बताईएको छ । पार्टीभित्र देखिएको बिबाद अन्त्यको लागि कार्तिक १७ गते केन्द्रिय समितिको बैठक बोलाउने र त्यसअघि दुबै पक्षले गुठगत भेला प्रशिक्षण गर्न नपाउने सहमति भएपछि असोजको २९ गते संस्थापन पक्षको र उपाध्यक्ष बैद्य पक्षले २८ गतेको राष्ट्रिय प्रशिक्षण भेला स्थगित भएको थियो । पार्टी अध्यक्षनै सहमतिको बिपरित गएको बैद्य पक्षिय कार्यकर्ताहरुले आरोप लगाएका छन् भने प्रचण्डले पार्टी अध्यक्षको हैसियतले सबै नेता कार्यकर्तासंग भेटघाट र छलफल गर्ने आफ्नो अधिकार भएको दावी गर्नुभएको छ ।

No comments: