News

Oct 13, 2011

एनेकपा माओवादीद्वारा रक्षामन्त्री को राजीनामा माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख सत्तारुढदल एकीकृत नेकपा माओवादीले विवादस्पद अभिव्यक्ति दिएर चर्चामा आएका रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामाको माग गरेको छ ।सिंहदरबारस्थित संविधानसभा दलको कार्यलयमा बिहीबार बसेको माओवादी संसदीय बोर्ड बैठकले भण्डारीलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो । माओवादी मुख्य सचेतक देव गुरुङले हामि संग कुरा गर्दै बैठकले मधेसका २२ जिल्ला नेपालबाट अलग हुनसक्ने भनी दिएको अभिव्यक्तिलाई राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै राजीनामा माग्ने निर्णय भएको जानकारी दिनुभयो । निर्णयबारे प्रधानमन्त्री बाबुराम भट्टराईलाई जानकारी गराउँदै मन्त्री भण्डारीलाई हटाउन ध्यानाकर्षण गराउने पनि बैठकले निर्णय लिएको गुरुङले बताउनुभयो । विपक्षी दलहरु र पार्टीको बैद्य पक्षले रक्षामन्त्री हटाउनु पर्ने आवाज उठाइरहेका बेला संसदीय बोर्डले गरेको यस निर्णयले प्रधानमन्त्री भट्टराईमाथि थप दबाब परेको छ । माओवादीको यो निर्णयले सत्तासमीकरणमा समेत खटपट हुनसक्ने सम्भावना देखिएको छ ।राजधानीमा केही साताअघि आयोजित एक कार्यक्रममा बोल्दै रक्षामन्त्री भण्डारीले मधेसका जनताको भावना नबुझिए ती जिल्लाका जनताले तराईका २२ जिल्ला नेपालबाट अलग हुने निर्णय गरे मुलुकको कुन ऐन र कानुनले रोक्छ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । माओवादीकै वैद्य पक्षले यसअघि मन्त्री भण्डारीलाई पदबाट हटाउन पार्टी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई दबाब दिन भन्दै सडकमा राँके जुलुस निकालेको थियो ।बैठकले आफ्ना केन्द्रीय सदस्यसमेत रहेका भूमिसुधारमन्त्री प्रभु साहमाथि राजनीतिक प्रतिशोधका आधारमा हत्या अभियोग लगाइएको ठहरसेमत गरेको छ । गुरुङले भन्नुभयो 'कसैले पूर्वाग्रह प्रेरित भएर जाहेरी दिँदैमा हत्याको आरोप लगाउन पाइँदैन' । 'यो राजनीतिक प्रतिशोधबाट प्रेरित भएर गरिएको प्रचारवाजी हो ।' बैठकमा संस्थापन र उपाध्यक्ष मोहन बैद्य पक्षबीच आजदेखि सुरु हुने व्यवस्थापिका संसद बैठकमा शान्ति र संविधान लेखनका विषयमा एउटै धारणाका साथ प्रस्तुत हुने भन्ने विषयमा सहमति भएको बताइएको छ ।

No comments: