News

Oct 15, 2011

राजीनामा प्रकरणमा भट्टराई नै अलमलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन २८ - प्रतिपक्ष दल कांग्रेस, एमालेले मात्र होइन, माओवादीलेनै रक्षा मन्त्री शरतसिंह भण्डारीको राजीनामा मागेपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री बाबुराम भट्टराई यतिबेला अलमल परेका छन् । त्यसमा केन्द्रीय सदस्य एबं भूमि सुधार मन्त्री प्रभु साहलाई नहटाई संसद चल्न नदिने कांग्रेस, एमालेको अडानले स्थिति थप जटिल पारिदिएको छ । प्रधानमन्त्रीको हैसियतले भण्डारीलाई तत्काल राजीनामा गराउन सक्दैनन् । किनकी यो मधेशी मोर्चासंग सत्ता समीकरणसंग जोडिएको छ । पार्टीले बचाउ गर्ने निर्णय गरेको साहलाई मन्त्रीबाट हटाउँदा उनी पार्टीभित्रैबाट अप्ठ्यारोमा पर्नेछन् । यसकारण भट्टराईले तत्काल दुबै मन्त्रीलाई हटाएर प्रतिपक्षको माग र पार्टीको निर्णय कार्यान्वयन गर्न सक्ने अवस्थामा छनैन् । तर उनले छिट्टै सरकारको तर्फबाट धारणा सार्वजनिक गर्ने मनस्थिति भने बनाएका छन् । उनका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले छिट्टै भट्टराईले धारणा स्पष्ट गर्ने जानकारी दिए । 'प्रतिपक्षको माग र पार्टी निर्णयबारे प्रधानमन्त्री गंभीर हुनुहुन्छ' उनले कान्तिपुरसंग भने- 'यसबारेमा एकदुई दिनमै केही निर्णय गर्नुपर्ने हुन्छ ।'

No comments: