News

Oct 11, 2011

लिम्वुवान क्षेत्र ३ दिने आमहड्ताल स्थगन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ताप्लेजुङ्ग, २४- भोलिदेखि गर्ने भनेको लिम्बुवान क्षेत्र ३ दिने आमहड्ताल स्थगन भएको छ। हड्ताल स्थगित गर्दै उसले सरकारमाथि आफ्ना पूर्ववत शर्त भन्दा भिन्न ३ माग थप गरेको छ। सरकारले परिषदसँग असोज ९ गते गर्ने भनेको वार्ता नगरेको र लिम्वुवानको भावनाको कदर नगरेको भन्दै भोली पुर्वका ९ जिल्लामा आम हड्तालको घोषणा गरेको थियो। संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष सञ्जुहाङ पालुंवाद्वारा आज अपरान्ह प्रेसित विज्ञप्तिमा सरकारले वार्ता गर्न देखाएको तप्परता र लिम्बुवानबासीको भावना र मर्म अनुसार पूर्व घोषित आमहड्तालका कार्यक्रम स्थगित गरिएको उल्लेख छ।

No comments: