News

Oct 8, 2011

आज देखि संविधानका विवादित विषय छलफल सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आज देखि संविधानका विवादित विषय छलफल सुरु गर्नु हुने भएको छ । सभामुख नेम्वाङले आजदेखि प्रमुख दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्ने जानकारी दिनुभयो । संविधान निर्माणका लागि अब धेरै समय नभएकाले आजदेखि प्रधानमन्त्री सहित सबै दलका नेताहरुसँग छलफल गर्ने नेम्वाङले जानकारी दिनुभयो । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँग दिउँसो ३ बजे र एकीकृत नेकपा माओवादिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहान ११ बजे भेट्ने कार्यक्रम तय भएको छ । आजै अरु दलका शीर्ष नेता र प्रमुख सचेतकहरुसँगको छलफल गरेर दसैँ लगत्तै संविधानसभाको दलहरुको बैठक बसाउने सभामुख नेम्वाङले सीआईएनलाई जानकारी दिनुभयो । उहाँले आज शनिवार अनौपचारिक छलफल गरेर भोलि देखि औपचारिक छलफल बढाउने बताउनुभयो ।

No comments: