News

Oct 13, 2011

प्रभू शाह दोषि छैनन् : माओवादी अध्यक्ष पुष्पकमल दाहाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन २६ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले हिन्दू युवा संघका अध्यक्ष काशीनाथ तिवारीको हत्यामा भूमिसुधार मन्त्री प्रभू शाह दोषि नभएको जिकिर गरेका छन् । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहीबार पत्रकार सम्मेलन गरी दाहालले हत्यामा मन्त्री शाह संलग्न नभएकाले पार्टीले उनको 'डिफेन्स' गर्ने बताए । बुधबार बसेको पदाधिकारी बैठकले पनि तिवारी हत्यामा शाह संलग्न नरहेको दाबी गर्दै त्यसको विरोध गर्ने निर्णय गरेको थियो । यद्यपि दाहालले राष्ट्रियताविरोधी अभिव्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारीले भने राजीनामा दिनु उपयुक्त भएको धारणा राखे । 'रक्षामन्त्रीको अभिव्यक्ति गलत छ,' उनले भने, 'उहाँले राजीनामा दिन उपयुक्त हुन्छ भनी प्रधानमन्त्रीलाई सल्लाह दिएको छु ।'दाहालले मधेसी मोर्चासँग भएको चार बुँदे सम्झौताको समीक्षा गर्न सकिने बताए । 'चार बुँदे सम्झौताको समीक्षा गर्न सकिन्छ वा आलोचनात्मक ढंगले हेर्न पनि सकिन्छ,' उनले भने । दाहालले माओवादीको कात्तिक १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकले सवै विवाद मिलाउने दाबी गरे । उनले त्यसअघि नै साँचो विवादलगायतका आन्तरिक विवाद मिलाउने उल्लेख गरे । 'पार्टीभित्रको एकताका लागि घनिभूत छलफल भइरहेका छन्,' उनले भने, '१७ गतेसम्म धेरै मिल्छन्, साँचो विवाद पनि केन्द्रीय समिति बैठकसम्म पुग्दा समाधान भइसक्छ ।'दाहालले शान्ति प्रक्रियाबारे कांग्रेस र एमालेसँग पनि सहमति नजिक पुगिसकेको जानकारी दिए । 'के के सहमति भयो भन्दा वातावरण बिग्रन सक्छ,' उनले सहमति गोप्य राख्दै भने ।

No comments: