News

Oct 7, 2011

शान्ति र संविधानलाई टुङ्गोमा पुर्‍याउन कांग्रेस आतुर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले शान्ति र संविधानका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ। नेपाली कांग्रेस, रत्ननगर समितीले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शान्ति र संविधानलाई धरापमा पार्ने गरी कांग्रेसले कुनै सहमति र सम्झौता नगर्ने प्रस्ट पार्नुभयो। सरकार ढाल्ने, अविश्वासको प्रस्ताव ल्याउने जस्ता कार्य कांग्रेसले नगर्ने उल्लेख गर्दै नेता पौडेलले जतिसक्दो चाँडो शान्ति र संविधानलाई टुङ्गोमा पुर्‍याउन कांग्रेस आतुर रहेको बताउनुभयो। माओवादी सकारात्मक बने शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र संविधान निर्माण गर्न कुनै अप्ठेरो नहुने उहाँको भनाइ थियो। नेता पौडेलले सेनाको मापदण्डअनुसार मात्र माओवादी लडाकुलाई समायोजन गर्न सकिने प्रस्ट पार्दै सामूहिक प्रवेश असम्भव रहेको बताउनुभयो।

No comments: