News

Oct 13, 2011

प्रहरीले कार्यक्रम गर्न नदिएपछि आयोजकको ह्रदयाघातबाट मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बनेपा, असोज २६- काभ्रेको फूलबारीमा भइरहेको एउटा अन्तर्राष्ट्रिय महोत्सव आयोजना गर्न प्रहरीले रोक लगाएको केही घण्टापछि आयोजक पार्टीनेपालका एक सदस्यको आज बिहान ह्रदयाघातबाट मृत्यु भएको छ। काठमाडौँको बल्खु निवासी ३३ वर्षका दीपेश बुढाथोकीलाई धुलिखेल अस्पतालका चिकित्सकहरुले आज बिहान मृत घोषणा गरेका हुन्। इभेन्ट म्यानेजमेन्ट कम्पनी पार्टीनेपालको आयोजनामा मंगलबारदेखि भइरहेको तीन दिने 'शान्ति जात्रा अर्गानिक फेस्टिभल' का क्रममा हिजो साँझ २ सय जना जति प्रहरीले कार्यक्रम गर्न पाउँदैनौँ भनी रोक लगाएको आयोजकमध्येका एक रविन सिटौलाले बताए। 'त्यसपछि अन्तर्राष्ट्रिय पाहुनाका अगाडि बेइज्जत हुने भयो भनी चिन्ता गर्दै हुनुहुन्थ्यो, छाती दुख्यो भन्नुहुन्थ्यो। आज बिहान मृत्यु भयो,' उनले सुनाए। चिकित्सकहरुले आज बिहान ६ बजेर १० मिनेट जाँदा बुढाथोकीलाई मृत घोषणा गरेका हुन्। संगीत, कला र अर्गानिक फूडलाई जोड दिइएको कार्यक्रममा फ्रान्स, स्विट्जरल्यान्ड, म्यासेडोनिया, अस्ट्रिया लगायत एक दर्जनभन्दा बढी देशका संगीतकर्मी, कलाकार र डिजेहरु सहभागी थिए। सिटौलाले गृह मन्त्रालय र स्थानीय प्रशासनसँग स्वीकृति लिएरै कार्यक्रम सञ्चालन गरेको दावी गरे।

No comments: