News

Oct 15, 2011

१४२ जना नेपालीको लगेज हरायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मलेसियाबाट बङ्गलादेशको युनाइटेड एयरलाइन्सबाट गत बुधबार नेपाल फर्किएका १४२ जना नेपालीको लगेज हराएको छ। मलेसियाबाट सोही एयरलाइन्सबाट काठमाडौँ र्फकेका काभ्रे पलाञ्चोक, कुशादेवीका राजकुमार सापकोटाले पत्रकार सम्मेलन गरी सो जानकारी दिनुभएको हो। निज सापकोटाले त्रिभुवन विमानस्थलमा ओर्लि लगेज लिनजाँदा आफूलगायत १४२ औँ जनाको लगेज नपाइएको र सो विषयमा विमानस्थलमा कार्यरत सरकारी पदाधिकारीसँग सोधखोज गर्दा कुनै जवाफ नपाएको र हामीमाथि गैरजिम्मेवारी व्यवहार गरेको गुनासो गर्नुभयो। लगेजका विषयमा ट्राभल एजेन्टसँग बुझ्दा मलेसियाबाट नै नआएको र अर्को बुधबार सम्म आउनसक्ने सम्भावना मात्र रहेको जवाफ पाएको सापकोटाले बताए। त्यसैगरी गत असोज ४ गते दसैं मान्न मलेसियाबाट सोही विमानमार्फत नेपाल फर्किएका ७० जना नेपालीको लगेज पनि हालसम्म सम्बन्धित व्यक्तिले पाउन सकेका छैनन् यसको गुनासो कहाँ गर्ने सापकोटा प्रश्न गर्नुहुन्छ।

No comments: