News

Oct 25, 2011

बिप्पा सम्झौताबारे प्रधानमन्त्रीद्वारा संसदमा प्रस्टीकरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ८ भारतसँग गरेको लगानी संरक्षण तथा प्रवर्द्घन सम्झौता (बिप्पा) ले विदेशी लगानीलाई प्रोत्साहन गर्ने स्पष्ट गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले यसको कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरेका छन् । केही विपक्षी दलका नेता र आफ्नै दलभित्रको वैद्य समूहले 'राष्ट्रघाती सम्झौता' भनिरहेका बेला भारत भ्रमणबाट फर्के लगत्तै सोमबार प्रधामनन्त्री भट्टराईले संसद्मा स्पष्टीकरण दिँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै सम्झौता गरेको बताए । उनले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डता सबै नेपालीको साझा प्रतिबद्धता र अभीष्ट रहेकाले यसमा दलगत वा गुटगत कोणबाट विवाद नगर्न आग्रह गरे । बढ्दो व्यापार घाटा कम गर्न, थप रोजगारीका अवसरहरू सिर्जना गर्न र राजस्व वृद्धि गर्नसमेत वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना गर्न आवश्यक हुन्छ,' प्रधानमन्त्री भट्टराईले भने, 'सम्झौताबारे बाहिर जे जस्ता नकारात्मक टिप्पणी भएका छन्, ती वास्तविकतामा आधारित छन् भन्ने मलाई लाग्दैन, यस प्रकारको सम्झौतामा निश्चित अन्तर्राष्ट्रिय मापदण्ड र आधारहरू हुन्छन् । नेपाल र भारतबीच सम्पन्न सम्झौता पनि सोही मापदण्डमा आधारित छ ।'

No comments: