News

Oct 12, 2011

तिवारी हत्या प्रकरणमा मन्त्री साहलाई उन्मुक्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बीरगंज , आश्विन २५ - काशी तिवारी हत्या प्रकरणमा मुछिएका भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु साहलाई जिल्ला सरकारी वकिलको कार्यालय पर्साले उन्मुक्ति दिएको छ । प्रहरी अनुसन्धानबाट मुख्य योजनाकारका रुपमा देखिएका मन्त्री साह उपर सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेन । बुधबार जिल्ला अदालत पर्सामा दायर गरिएको मुद्दाबाट मन्त्री साहको नाम हटाइएको छ । चार जना उपर उक्त हत्या प्रकरणमा मुद्दा चलाइएको छ । मन्त्री साहका स्वकीय सचिव सियाराम कुशवाहालाई सर्वस्वसहित जन्म कैदको माग गर्दै मुद्दा पेस गरिएको छ । त्यस्तै हत्या गर्ने बेलामा मोटरसाइकल चालक रहेका अमन कुशवाहालाई १० वर्ष कैद तथा मुकेश सर्राफ र बलराम साहलाई मतियार भन्दै तीन/तीन वर्ष कैद सजायको माग गरिएको छ । मुद्दा पेस गर्न अदालत पुगेका सहायक जिल्ला न्यायद्यविक्ता सत्यनारायण यादवले प्रहरीले दिएको मिसिलमा प्रमाण अभाव रहेकाले मन्त्री साह उपर तत्काललाई मुद्दा नचलाइएको जानकारी दिए ।

No comments: