News

Oct 27, 2011

विवाद लम्बिएपछि प्रधानमन्त्री दबाबमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १० - बिप्पा सम्झौतालाई लिएर माओवादीभित्र विवाद बढेपछि पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईमाथि दबाब बढेको छ । मंगलबार र बुधबार बसेको स्थायी समिति बैठकमा बिप्पा विवाद साम्य नभएपछि कात्तिक १७ गते बस्ने केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुने भएको छ । धानमन्त्री भट्टराईले स्थायी समिति बैठकबाटै बिप्पा विवाद समाधान होस् भन्ने चाहे पनि उपाध्यक्ष मोहन वैद्य पक्षले केन्द्रीय समितिमै लैजानुपर्ने माग गरे । स्थायी समितिमा बिप्पाको पक्षमा बहुमत थियो । अध्यक्ष पुष्पकमल दाहालले वैद्य पक्षलाई बढी चिढ्याउन नचाहेका कारण यो विवाद केन्द्रीय समितिमा पुगेको सहभागी एक नेताले बताए । उनका अनुसार दाहालले चाहेको भए बहुमतबाट विवाद टुंगिन सक्थ्यो । यही बैठकमा विवाद सुल्भिएको भए भट्टराईलाई केन्द्रीय समिति बैठकमा सहज हुने थियो । बैठकमा दाहालले विवाद समाधान गर्न वैद्य पक्षको सुझाव माग गरेको एक नेताले जनाए । 'अध्यक्षले बिप्पा विवाद कसरी समाधान गर्ने भनेर सुझाव माग्नुभयो,' ती नेताले कान्तिपुरसँग भने, 'वैद्यजीले केन्द्रीय समिति बैठकमा छलफल गर्ने माग गर्नुभयो ।' स्रोतका अनुसार बैठकमा दाहालले विवाद मिलाउन समन्वयकारी भूमिका खेलेका थिए । 'प्रधानमन्त्री भट्टराईको चाहना भने विवाद नलम्ब्याउने थियो,' स्रोतले भन्यो, 'बहुमतबाट निर्णय गरेको भए विवाद झन् चर्कने सम्भावना भएकाले दाहालले वैद्यजीको सुझाव मान्नु भएको हो ।'

No comments: