News

Oct 12, 2011

म्यानमारमा छ हजार तीन सय कैदी रिहा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
म्यानमारको सरकारले छ हजार तीन सय कैदी बन्दीहरुलाई माफी दिने घोषणा गरेको छ। म्यानमारको सरकारी सञ्चारमाध्यमले छ हजार तीन सय कैदीलाई सरकारले माफीको घोषणा गरेको जनाएपनि राजनीतिक बन्दीहरुलाई माफी दिइने हो वा होइन भन्ने चाहीं स्पष्ट पारिएको छैन।म्यानमारमा २ हजारको संख्यामा राजनीतिक बन्दी रहेका छन्। उनीहरुको रिहाईको लागि नवगठित मानवअधिकार आयोगले आग्रह गरेको छ। आयोगले राजनीतिक बन्दीहरुलाई रिहाइ गर्दा देशलाई कुनै खतार नहुने पनि स्पष्ट गरेको छ।

No comments: