लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कांग्रेस, एमाले र माओवादी सहितका तामाङ अगुवाहरुले तामाङ् जातिको ऐतिहासिक भूगोल र खण्डित क्षेत्र नहुने गरी ताम्सालिङ स्वायत्त प्रदेश हुनु पर्ने माग गरेका छन् । तामाङ अगुवाहरुले आज राजधानीको जनसंचार अभियानमा पत्रकार सम्मेलन गर्दै सबै दलका तामाङ्हरुको मोर्चा ताम्सालिङ संयुक्त संघर्ष समितिले घोषणा गरेको क्षेत्र समेटेको तामसालिङ प्रदेश कायम गरिनु पर्नेमा जोड दिएका हुन् । पूर्वमा दूधकोशी र दुधकोशीसग जोडिएको पूर्वी सीमादेखि पश्चिम, पश्चिममा बुढी गण्डकी र नारायणी नदीदेखि पूर्व, दक्षिणमा चितवन जिल्ला सहित पूर्व पश्चिम राजमार्गदेखि उत्तर र उत्तरमा चीनको स्वशाशित क्षेत्र तिब्बतको सीमाना सम्मको भूभाग ताम्सालिङ भएको उनीहरुको भनाई छ । ताम्सालिङ क्षेत्रको भूमाग सग जोडिएको काठमाडौ, भक्तपुर र ललितपुर जिल्लाको तामाङ बाहुल्य गाविस र ताम्सालिङ प्रदेशसँग अविच्छिन्न तामाङ बाहुल्य क्षेत्रहरु ताम्सालिङ् स्वायत्त हुनु पर्ने पनि तामाङ अगुवाहरुको भनाई छ ।
No comments:
Post a Comment