News

May 13, 2012

चीनमा आँधीबेरीका कारण ४० को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 बेइजिङ - मूसलाधार पानीसँगै आएको आँधीबेरीका कारण उत्तरपश्चिम चीनमा ४० भन्दा बढी मानिसले ज्यान गुमाएको आधिकारीहरुले बताएका छन् । आँधाबेरीका कारण मिन्शियन काउंटीको गासु प्रान्तका ३० हजार निवासी विस्थापित भइसकेका छन् भने अझ १८ जना मानिसहरु बेपत्ता रहेका छन् । यस आँधीबेरीका कारण ३६० हजार मानिसहरु प्रभावित भएका छन् भने ८७ घाइते भएका छन् । घाइतेहरुको उपचार स्थानिय अस्पतालहरुमा उपचार भइरहेको छ । आँधीबेरीका कारण चीनको यस क्षेत्रमा घरहरु ढलेका छन्, सडक अवरोध हुनुका साथै बिजुली र दूरसंचारको सेवाहरु पनि अवरुद्ध भएका छन् । आँधीबेरीका कारण यस क्षेत्रको बालीनाली पनि नष्ट भएको छ । चीन सरकारले प्रभावित क्षेत्रहरुमा टेट, लत्ताकपडा र राहत सामग्री पठाइसकेको छ । प्रभावित क्षेत्रमा उद्दार कार्य पनि जारी रहेको छ । मिन्शियन ४५० हजार बासिन्दा भएको एक पहाडी काउँटी हो ।

No comments: