लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ३१ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दल जातीय पहिचानसहितको संघीयताबाट पछाडि नहटेको दाबी गरेका छन् । आदिवासी जनजाति महासंघका प्रतिनिधिहरुसँग आइतबार बिहान आफ्नै निवासमा भएको भेटमा दाहालले आफूहरु जातीय पहिचानसहितको संघीयताबाट पछि हटेको भन्ने आरोप गलत प्रचारमात्र भएको बताए । भेटमा दाहालले संघीयताविरुद्ध षड्यन्त्र भइरहेको बताउँदै एकात्मक सोच भएकाहरुले जात जातिबीच भीडन्त गराएर समग्र प्रक्रिया भाँड्न खोजेको आरोप लगाए । 'जात जातिलाई एक आपसमा भीडाएर पुरानै शासन प्रणाली लाद्ने षड्यन्त्र भइरहेको छ,' उनले भने । संघीयताविरोधी शक्तिहरुको जीत हुनेमा आशंका व्यक्त गर्दै दाहालले सामाजिक सद्भाव रहनेगरी शान्तिपूर्ण दबाब दिन जनजाति महासंघ पदाधिकारीहरुलाई आग्रह गरे ।
No comments:
Post a Comment