लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ३१,नेपाल आदिवासी जनजाति महासङ्घले सङ्घीयता विरोधी मिडियालाई बहिस्कार गर्ने चेतावनी दिएको छ। उसले केही नेता ज्ञानेन्द्रको पैसा खाएर सङ्घीयताको विरोधमा लागेको आरोप लगाउँदै सङ्घीयता विरोधीको प्रतिकार गरिने चेतावनी पनि दिए।
महासङ्घका महासचिव आङकाजी शेर्पाले यस्तो चेतावनी दिएका हुन। आफूलाई बुझाएको ज्ञापनपत्रमा शेर्पाले यस्तो उल्लेख गरेको रिपोर्टर्स क्लबले जनाएको छ। क्लबका अनुसार शेर्पाले महेन्द्र मोडलको हिमाल, पहाड र तराई प्रदेशसँगै अखण्ड सुदूरपश्चिमको मागप्रति आक्रोस पोखे। उनले अखण्ड र भूगोलको आधारमा सङ्घीयता बनाएर फेरि बाहुन र क्षेत्रीले शासन गर्ने षडयन्त्र भइरहेको भन्दै ज्ञानेन्द्रको पैसा खाएर शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, भीम रावल, कृष्णप्रसाद सिटौला, टोपबहादुर रायमाझी, कमल थापा र चित्रबहादुर केसीले सङ्घीयता विरोधी आन्दोलन गरेको आरोप लगाए। उनले चेतावनी दिँदै भने– सङ्घीयता विरोधी आन्दोलन तत्काल फिर्ता नलिए हामी त्यसको प्रतिकारमा उत्रन्छौं। भौगोलिक पहिचानको आधारमा सङ्घीयता स्वीकार्य नहुने स्पष्ट पार्दै ज्ञापनपत्रमार्फत् उनले पहिचान विरोधीलाई होसियार रहन चेतावनी पनि दिए। खस हिन्दु अहङ्कारवादी सञ्चारकर्मीहरुले सुनियोजितरुपमा सङ्घीयताको विरोध गरेको भन्दै त्यस्तो कार्य तत्काल नरोके त्यस्ता सञ्चारकर्मी र माध्यमको बहिस्कार र विज्ञापन रोक्ने चेतावनीसमेत ज्ञापनपत्रमा दिइएको छ।
No comments:
Post a Comment