लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थारु समुदायले गरेको तराई बन्दका कारण त्यस क्षेत्रको जनजिवन प्रभावित भएको छ। थारुवान प्रदेशको सुनिश्चितताको माग गर्दै थारु संयुक्त संघर्ष समितिले बन्द गरेको हो। बन्दका कारण लामो तथा छोटो दूरीका कुनै पनि यातायातका सवारी साधन चलेका छैनन् भने बजार क्षेत्र सुनसान बनेको छ। बन्दकर्ताहरु विहानैदेखि चोक चोकमा बाटो अबरुद्ध गरी बसेका छन्। आज देखि जेठ ५ गतेसम्मका लागि तराईका सम्पूर्ण जिल्लाहरुमा आमहड्ताल सहित बन्दको घोषणा गरिएको छ। पहिचानका आधारमा संघीयता जारी गर्नुपर्ने, एकात्मक शासनको अन्त्य गर्नुपर्ने, जेठ १४ मा संघीयता सहितको संविधान जारी गर्नुपर्ने, थारुहरुको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग सहित आन्दोलन गरिएको हो।
No comments:
Post a Comment