लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जापानमा जन्मदर घट्दै गएमा सैद्धान्तिक रूपमा जनसङ्ख्या एक हजार वर्षमा लोप हुन सक्ने एक अध्ययन देखाएको छ ।
जापानी अनुसन्धानकर्ताहरूले आज एक जनसङ्ख्या घडी तयार पार्दै यस्तो उल्लेख गरेका हुन् । जापानको उत्तरी नगर सेन्दाइमा अनुसन्धानकर्मीहरूले १४ वर्षसम्मका जापानी बालबालिको जनसङ्ख्या एक करोड ६६ लाख रहेको बताएका छन् र उनीहरूले हरेक १०० सेकेन्डमा यसमा एक जना कमी हुने अवस्था देखिएको उल्लेख गरेका छन् । टोहोकु विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हिरोशी योशिदाले वर्तमान घट्दो दर कायम रहेमा सन् ३०११ को मे ५ मा जापानमा बालबालिका दिवसमा सार्वजिनक बिदा दिने अवस्था हुने र त्यस समयमा यस उमेरका एक मात्र बालबालिका हुने उल्लेख गरे । उनले त्यसको १०० सेकेन्ड पछि जापानमा बालबालिका नै नरहने र यस प्रकारको घट्दो दर सन् १९७५ मा आरम्भ भएको जानकारी दिए ।
No comments:
Post a Comment