News

May 12, 2012

एमालेका जनजाति र मधेसी सभासद्हरुले पार्टीको ह्विप नमान्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 नेकपा एमालेका जनजाति र मधेसी सभासद्हरुले आफ्नै पार्टीले जारी गर्ने ह्विप पनि नमान्ने बताएका छन् । एमाले पार्टीले सवै सभासदहरुलाई ६ प्रदेशको पक्षमा अनिवार्य मतदान गर्न ह्विप जारी गरेको थियो । एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा अध्यक्ष एवं एमाले संसदीय दलका नेता झलनाथ खनालले दलहरुबीच कुनै सहमति नभए ६ प्रदेशको पक्षमा मतदान गर्न निर्देशन दिएका थिए । तर, एकल पहिचानका आधारमा प्रदेशहरु बनाउन माओवादीसँग मोर्चाबन्दी गरेपछि जनजाति र मधेसी सभासद्ले भने पार्टी हृवपी नमान्ने बताएका छन् । सभासद पासाङ शेर्पा कुनै पनि हालतमा ६ प्रदेशमा मतदान नगर्ने बताएका छन् । बैठकमा शेर्पासँगै थममाया थापा, किरण गुरुङ, गोपाल ठाकुर लगायतका सभासदहरुले राज्य पुनःसंरचनाबारे पार्टीको निर्णय पुनःविचार गर्न चर्को माग राखेका थिए । अध्यक्ष खनालले एमाले सहमतिका लागि ११ र मतदान भएमा ६ प्रदेशको पक्षमा रहेको भन्दै संविधानसभामा मतदान गर्न निर्देशन दिए पनि उनको आदेशको अवज्ञा हुने स्थिति पैदा भएको छ । शासकीय स्वरुपमा सँसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र निर्वाचन मण्डलबाट निर्वाचित राष्ट्रपतिका पक्षमा मत जाहेर गर्न सभासदहरुलाई भनेका छन्।

No comments: