News

May 12, 2012

अखण्ड सुदूरपश्चिमवालासँग शान्ति मन्त्रालयमा वार्ता हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 वैशाख ३०,राज्य पुनर्संरचना गरिँदा सुदूरपश्चिमलाई कुनै पनि हालतमा टुक्राउन नहुने माग राख्दै १६ दिनदेखि आन्दोलनरत् सुदूरपश्चिमबासी र सरकारी प्रतिनिधिबीच सिंहदरबारस्थित शान्ति मन्त्रालयमा वार्ता हुँदैछ। उनीहरु पुगिसकेका छन् भने सरकारी प्रतिनिधि आउने क्रम जारी छ। उनीहरुको माग सम्बोधन गर्न सरकारले केही दिनअघि उपप्रधान मन्त्री तथा कङ्ग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा एक टोली गठन गरेको थियो। त्यसपछि धनगढीबाट वार्ताका लागि हिँडेको टोली मध्यपश्चिमबासीले गरेका बन्दका कारण उतै रोकिएपछि शुक्रबार बल्ल प्लेनमार्फत् उनीहरु काठमाडौं आउन सकेका थिए। उताबाट आएको टोली ३६ सदस्यीय छ। चाँडैदेखि वार्ता सुरु गर्ने भनिए पनि सरकारसँगको वार्तामा के के कुरा उठाउने, केलाई प्राथमिकता दिने र कसरी प्रस्तुत हुने भन्ने कुरामा यो टोलीबीच नै मतभेद देखिएपछि वार्ता ढिलो सुरु हुन लागेको हो। यसैगरी राजधानीमा रहेका विभिन्न दल सम्बद्ध सुदूरपश्चिमका नेता, सभासद्सँग टोलीले भेट गर्ने र राय सुझाव लिने गर्दा पनि वार्तामा ढिलाई भएको हो।

No comments: