News

May 14, 2012

अग्नि एयरको जहाज दुर्घटनामा १५ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बागलुङ, जेष्ठ १ - मुस्ताङको मार्फा गाविस ५ मा सोमबार विहान साढे ९ : ४६ मा अग्नि एयरको जहाज दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित १५ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका तीन सदस्यसहित १६ भारतीय र दुई जना तेस्रो देशका नागरिक थिए । अवतरण हुने क्रममा जहाज घुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनामा बाँचेका ६ जनाको तत्काल उद्दार गरी पोखरा ल्याइएको छ । उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखराबाट विहान ९.३० बजे उडेको चार्टर्ड विमान ९.४६ मा दुर्घटना ग्रस्त भएको जोमसोम विमानस्थल प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिए । दुर्घटनामा पाइलट पीएस पाठक, को-पाइलट एसडी महर्जनसहित ११ जनाको घटनास्थलमै र चार जनाको अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो । अन्य मृतकहरु सवै भारतीय पर्यटक हुन् । उनीहरु मुक्तिनाथ दर्शन गर्न गएको बताइएको छ । विमान परिचारिका रोशनी हैँजु तथा डेनिसका दुई पर्यटक, दुई बालक र भारतीय नागिरक समेत ६ जना घाइते अबस्थामा भेटिएका छन् । मुक्तिनाथ यात्राका लागि पोखराबाट मुस्ताङतर्फ उडेको दुर्घटना भएको प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेले बताए । यसैबीच मणिपालमा उपचार गराइरहेकामध्ये एक जना भारतीय पर्यटकको अवस्था चिन्तजनक रहेको छ भने बाँकी पाँच जना खतरामुक्त रहेको चिकित्सकले जनाएका छन् । भारतीय नागरिक किडाम्बी श्रीकान्तको अवस्था चिन्ताजनक छ । होस नखुलेका उनको आइसियुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । घाइते दुई डेनमार्कका पर्यटकमध्ये ३० वर्षीय एन्ड्रीस रसलाको अवस्था सामान्य रहेको छ भने उनकी सहयात्री २९ वर्षीया इमलीको ढाडको हिप भाँचिनुका साथै शरीरमा चोटपटक छ । त्यस्तै भारत चेन्याईका ६ वर्षिया तिरुमाला किडाम्बी सिरिप्रदा र ९ वर्षिय तिरुमाला किडाम्बी श्रीभदनीको आँखा र शरीरको विभिन्न भागमा चोट लागेको छ । त्यस्तै विमान परिचारिका रोशनी हैँजुको हिपको हड्डी भाँचिनुका साथै शरीरमा चोटपटक रहेको छ । पोखराबाट विहान ९.३० बजे उडेको चार्ट विमान ९.४६ मा दुर्घटना ग्रस्त भएको जोमसोम विमानस्थल प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिए । उनका अनुसार ल्याण्ड हुने क्रममा जहाज घुमाउदा दुर्घटना भएको हो । घाईतेहरुलाई सिम्रिंक एयरको हेलिकप्टर र तारा एयरको विमानले पोखरा विमास्थल र मणिपाल अस्पतालमा सिधै उद्धार गरेको थियो ।

प्रधानमन्त्रीद्वारा शोक व्यक्त
प्रधानमन्त्री बाबुराम भट्टराई तथा संसदमा प्रमुख प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेलले छुट्टा छुट्टै विज्ञप्ती निकालेर विमान दुर्घट्नाको घट्नाप्रति दुःख व्यक्त गरेका छन् । दुवै जनाले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको सिघ्र स्वाथ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री भट्टराईले घट्नाको जानकारी लगत्तै स्थानीय प्रशासन,प्रहरी र सेनालाई परिचालन गरिएको जनाएका छन् । उनले घाइतेहरुको उपचारमा कुनै कमी आउन नदिन निर्देशन दिइएको उल्लेख गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु भएकाहरुको नाम 
 चालक दलका सदस्य (नेपाली) 
 १) क्याप्टेन प्रभूशरण पाठक 
 २) सहायक चालक सुमन डंगोल महर्जन 
 भारतीय नागरिक
१) के. चैतन्य 
 २) एसके अरोरा 
 ३) एम होन्डा 
 ४) एम अरोरा 
 ५) आर होन्डा 
 ६) के ओ अरोरा 
 ७) टी सचदेव 
 ८) जी सचदेव 
 ९) सानाइम सुधार 
 १०) जी रमन 
 ११) श्रीमान् कुमार 
 १२) श्रीमती कुमार 
 १३) लथा इकाम्बादे

No comments: