News

May 14, 2012

निर्धारित समयमै संविधान जारी गर्ने माओवादी निष्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठकले निर्धारित समय भित्रै संविधान जारी गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी बैठकले अन्य राजनीतिक दलहरुसँग छलफल गरेर जेठ १४ भित्रै संविधान जारी गर्न पहल गर्ने बैठक पछि सञ्चारकर्मीहरु प्रवक्ता दीनानाथ शर्माले बताए । दलहरुबीच सहमति भन्दा अरु विकल्प नभएको भन्दै सबै यसप्रति गम्भीर हुन पनि बैठकले आग्रह गरेको छ । बैठकले पार्टी भित्रका जातीय मोर्चाहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

No comments: